सेयर बजारमा झिनो सुधार, कारोबार रकम ७५ करोडमा खुम्चियो
११ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर ओरालाे लागेकाे बजारमा साेमबार भने झिनाे अंककाे सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७१ अकंले बढेर १८८८.३२ बिन्दुमा बन्द भएको छ । आज २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका १२० कम्पनीको सेयरमूल्य बढेको छ । ८५ कम्पनीकोे सेयरमूल्य घटेकोभनेथै १५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज पिपुल्स पावर कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको आज सर्वाधिक काराेबार भएकाे छ ।
प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १५:१८












