२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

११ वैशाख, बारा ।  बारा-२ को मतगणना सुरु भएको छ। आइतबार भएको निर्वाचनको मतगणना सर्वदलीय बैठकपछि सुरु भएको हो।कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ ।

बारा २ मा ६३ दशमलव ५६ प्रतिशत मतदान भएकाे छ। बारा २ मा जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र नेकपा एमालेबाट पुरुषोत्तम पौडेल उम्मेदवार छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १३:०८