८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

एसीसी प्रिमियर कप क्रिकेटः वर्षाका कारण खेल रद्द, नेपाल सेमिफाइनलमा

११ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

तीन खेलबाट पाँच अंक पुर्‍याएको नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालले अब अन्तिम खेल कतारसँग खेल्न बाँकी छ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १३:०३