९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

१ अर्बकाे ऋणपत्र निष्कासन गर्दै लुम्बिनी विकास बैंक, धितोपत्र बोर्डले दियाे अनुमति

११ वैशाख, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लुम्बिनी विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे छ । धितोपत्र बोर्डले बैंकलाई ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएकाे हाे । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

धितोपत्र बोर्डकाे अनुमतिसँगै अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ । यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १२:०६