२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

तनहुँ–१ उपनिर्वाचनः पाँच हजार बढी मतान्तरले स्वर्णिमको अग्रता कायमै

११ वैशाख, काठमाडौं । तनहुँ क्षेत्र नम्बर एक को उपनिर्वाचन अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर स्वर्णिम वाग्लेले फराकिलो अग्रता कायमै राखेका छन् ।

निर्वाच नआयोगले सार्वजनिक गरेको पछिल्लो मत अपडेट अनुसार उनले पाँचहजार बढी मतले अग्रता लिएका छन् । १८ हजार ६ सय ६१ मत गणना हुँदा वाग्लेले १० हजार २ सय ५९ मत पाएका छन् । नेपाली कांग्रेसका नेता तथा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।

त्यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन् । खनाल भट्टराई भन्दा २२०६ मतले पछाडि छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ११:५२