९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रिमा, क-कसले दिन पाउछन् आवेदन ?

११ वैशाख, काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले १० हजार ७७३ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हाे ।

बैंकले बिक्रीमा ल्याएकाे उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । साे सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा सेयर अन्य व्यक्ति तथा संस्थामा बिक्री गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार ११:४५