२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

तनहुँ–२ उपनिर्वाचनः ९ हजार २ सय मतका साथ वाग्लेको अग्रता, अरु कसको कति ?

११ वैशाख, काठमाडौं । प्रतिनिधसभा उपनिर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले ९ हजार २ सय १ मतका साथ अगाडी छन् । उनको निकटतम प्रतिष्पर्दी कांग्रेसका गोविन्द भट्टराईले ४ हजार २ सय १४ मत ल्याएका छन् ।

एमाले उम्मेदवार सर्वेन्द्र खनालले भने २ हजार ४ सय ३० मात्रै मत ल्याएका छन् । त्यस्तै, नेश्नल मंगोल अर्गनाइजेशनका उम्मेदवार पे्रमबहादुर थापाले ९९, राप्रपाका उम्मेदवार शोभा गुरुङले ३९, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भिमबहादुुर सुनारले ३१, राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार पूर्णबहादुर रानाले १५, नेमकिपाका उम्मेदवार रामप्रसाद पजापतिले ७ र नेकपा(समाजवादी)का उम्मेदवार गणेश श्रेष्ठले २ मत ल्याएका छन् ।

हालसम्मको मतगणना विश्लेषण गर्दा रास्वपा उम्मेदवार वाग्ले निटकतम प्रतिष्पर्दीभन्दा दोब्बर मत अघि छन् । तनहुँमा ६३ हजार ७ सय ५७ मत खसेको थियो । अन्य स्थानको मत गणना जारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १०:२२