१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु

१० वैशाख, नुवाकोट । नुवाकोटको किम्ताङमा गोली लागेर एक युवाको मृत्यु भएको छ । किम्ताङका २६ वर्षीय पञ्च घलेको गोलीको छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको म्यागङ गाउँपालिका ४ किम्ताङमा शिकार खेल्न जंगल गएका २८ वर्षीय अमित तामाङले बोकेको भरुवा बन्दुक पड्किँदा पञ्च घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गङमरङ वनमा पञ्च घले र अमित तामाङ सिकार खेल्न हिँडेको र हिड्दा लडेर बन्दुक पड्किएको अमित तामाङले जिल्ला प्रहरी कार्यालयमा बयान दिएका छन । प्रहरीले अमितको जानकारीसँगै घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

गोली लागि मृत्यु भएका घलेको जिल्ला अस्पतालमा त्रिशुलीमा पोष्टर्माटम गरी मृतकको परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार २२:२७