६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

१० वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा गिरावट आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.८० अकंले घटेर १८८५.६० बिन्दुमा बन्द भएको छ ।

आज जम्मा ८२ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साे रकम बराबरकाे काराेबार हुँदा आज मोलुङ्ग हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ३ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख, एनआइसी एशिया बैंकको २ करोड ३८ लाख, नबिल बैंकको २ करोड १२ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १५:१०