२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

रास्वपाका अधिकांश सांसद युवा संघ र एमालेको स्कुलिङबाटै आएका छन्: महेश बस्नेत

१० वैशाख, काठमाडाैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र नेताहरु एमाले र युवासंघको स्कुलिङबाट आएकाहरू भएको बताएका छन् ।

नेपालगञ्ज महाधिवेशनबाट युवा संघको अध्यक्षमा निर्वाचित क्षितिज थेबेको पदभार ग्रहणका क्रममा बस्नेतले यस्तो बताएका हुन् । राष्ट्रिय युवा संघ नेपालको नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूमा पनि युवा संघका नेताहरू सांसद बनेका बताए । उनले अहिले एमालेमा कुनै गुट नभएको जिकिर गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको लक्ष्य र उद्देश्य पूरा गर्न आफूहरू समाहित भएर लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आपोप लगाए । उनले भने, ‘प्रचण्ड कमरेडले तनहुँ र चितवन लगायतमा बोलेका थिए। हामी एमालेसँग सहकार्य गरिरहेका थियौँ, मेरो ध्यान शेरबहादुर देउवातिर थियो । देउवासँग मेरो ‘डिप लभ’ परेको थियो भन्नुलाई राजनीतिक वेश्याको उपमा दिँदा हुन्छ। प्रचण्डको उक्त राजनीतिक प्रवृत्तिविरुद्ध युवा संघ लड्छ।’

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १३:०७