५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?

१० वैशाख, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर छापावाल सुन प्रतितितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनकाे मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमा किनबचे भएको थियो।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार ११:१०