१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

अरुलाई ठगेर कमाको दाम एकछिनलाई हो (गजल)


-शम्भु पुडासैनी
सराब पिएपछिको आराम एकछिनलाई हो
अरुलाई ठगेर कमाको दाम एकछिनलाई हो ।।।

कहिले कहि त मत भेद हुन्छ नै विचारमा
आफ्नो प्रीयसीसँगको सग्राम एकछिनलाई हो ।।

बाचुन्जेल नै हो आफुले पहिचान बनाउने
मरेपछिको पाइने सम्मान एकछिनलाई हो ।।

जीवनको अन्तिम सत्य त मृत्यु नै रहेछ
अहिले ब्यर्थको यो तामझाम एकछिनलाई हो ।।

सत्कर्मबाट नै वास्तविक पुन्य मिल्दछ भने
मन्दिर भित्रको त्यो हरेराम एकछिनलाई हो ।।

हाल दक्षिण कोरिया ।।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १७:४७

https://srdb.com.np/