अपाङ्गता भएका व्यक्तिलार्इ सरकारी जागिर खाने उमेरहद ४० वर्ष हुनुपर्ने मागसहित ज्ञापनपत्र
-शर्मिला विश्वकर्मा
२५ असाेज, काठमाडाैँ । अपाङ्गता भएका व्यक्तिलार्इ सरकारी जागिर खाने उमेरहद ४० वर्ष हुनुपर्ने मागसहित लोकसेवा आयोगमा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रले ज्ञापनपत्र बुझाएकाे छ । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकाे आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा नेपाल सरकारका विभिन्न निकायहरुमा सेवा गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको उमेरको हदबन्दी ४० वर्ष कायम गर्नुपर्ने मागसिहत लोकसेवा आयोग कानून विभागका सहसचिव पाराश्वर ढुङ्गानालाई ज्ञापनपत्र बुझाएकाे हाे ।

सो कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले नेपाल सरकारका संघ संस्था तथा निकायहरुमा सेववा गर्नका लागि समावेश गरिनु पर्ने सवालहरु सहितको ज्ञापन पत्र पढेर सुनाउदै लोकसेवा आयोग कानून विभागका सहसचिव पाराश्वर ढुङ्गानालाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरी अखिल नेपाल क्रान्तिकारी अपाङ्ग संघका अध्यक्ष टेकनाथ न्यौपानेले सरकारी निकायका साथै नेपाल वायु सेवा निगम, विद्मुत प्रधिकरण, बैङ्कीङ् क्षेत्र लगायतका निकायहरुमा अपाङ्गता भएका व्यक्तिहरुको सवालमा ४० वर्ष उमेरको हदबन्दि तोकिनु पर्ने बताए । त्यसै गरी समानताका लागि आवाजकी अध्यक्ष रमा ढकालले यस्ता निकायहरुले अपाङ्गता भएका व्यक्तिहरुको उमेरको निश्चित गर्नुका साथै सबै निकायहरुले आरक्षणको व्यवस्था गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

सो छलफल कार्यक्रममा राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले विभिन्न प्राधिकरणहरुमा आवेदन खुलाउदा अपाङ्गता भएका व्यक्तिहरुलाई ३५ वर्ष नाघेको भनि समावेश नगरेको गरे । सोही क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले अवका दिनमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैङ् तथा प्रतिष्ठानहरुमा सेवा गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको उमेर ४० वर्ष कायम गर्न अनुराेध गरे ।
उक्त कार्यक्रममा लोकसेवा आयोग कानून विभागका सहसचिव पाराश्वर ढुङ्गानले लोकसेवा आयोगले अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय नीति अनुसार भएको आरक्षणलाई संघ संस्थाहरुले लागु गर्नु पर्ने भनि संस्थाहरुलाई निर्देशन गरिसकेको बताउदै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सम्बोधन गर्ने कुरामा जोड दिए ।
प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १७:३७












