२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

परिवर्तन चाहनेलाई एमालेमा आउन केपी ओलीको आग्रह

९ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस) समारोहमा उहाँले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गर्नुभयो ।

उहाँले कम्युनिष्ट पार्टी स्थापना भएसँगै नेपालमा कम्युनिष्टमाथि पटक–पटक प्रहार भएको बताउनुभयो । “नेपालमा कम्युनिष्ट पार्टी जन्मेदेखि प्रहार आएको आयै भयो । हाम्राविरुद्ध षड्यन्त्र भए । हामीले बलिदान दिनप¥यो । तर हामी कम्युनिष्ट लडेको लड्यै ग¥यौ”, उहाँले भन्नुभयो, “अनेक प्रकारका दुःखकष्ट झेल्नुप¥यो । तर पनि हामीले कम्युनिष्ट आन्दोलनलाई भने अगाडि नै बढायाैँ।”

उहाँले पछिल्लोपटक २०७७ सालमा पनि नेकपामाथि आक्रमण भएको बताउनुभयो । तर पनि ती सबै अवस्थालाई पार गरेर एमाले अहिले ठूलो पार्टी भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनेसमेत दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट स्थापना ७५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा पार्टीले उत्सवको वर्षका रूपमा मनाइनेसमेत जानकारी दिनुभयो ।

उहाँले हामी बलियो भयौं भने मित्रराष्ट्रले पनि खोजीनीति गर्ने भएकाले एमाले बलियो हुनुको विकल्प नभएको बताउनुभयो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्मचार्य, निरन्जनगोविन्द वैद्य र नारायण विलासले नेपालमा पहिलोपटक २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भारतको कलकत्तामा गर्नुभएको थियो ।

अध्यक्ष ओलीले देशको विकासका लागि कस्तो नीति अख्तियार गर्नुपर्दछ भन्ने कुरा एमालेले देखाएकाले एमाले यस देशको नायक पार्टी भएको उल्लेख गर्नुभयो । उहाँले नेपालको कम्युनिष्टलाई दुईतिहाइ पु¥याएको तर त्यो विभिन्न प्रतिक्रियावादीले ध्वस्त पारेको बताउनुभयो ।

अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले देशभरका नेता–कार्यकर्तामा नयाँ उत्साह थपेको बताउनुभयो । “दुई महिना हामीले मिसन ग्रासरुट अभियान सञ्चालन ग¥यौँ, देशभर एउटा नयाँ उत्साह, नयाँ ऊर्जा आएको छ”, उहाँले भन्नुभयो, “अभियानमा हामीले पार्टीको यथार्थ स्थितिको आकलन गर्ने, अवस्था थाहा पाउने, नाडी छाम्ने मौका पनि पायौँ । समस्या के छ ? कस्तो प्रकृतिको छ ? त्यसको समाधान कसरी गर्नुपर्ने हो आदि कुरा हामीले चिन्ने जान्ने मौका पायौँ ।”

अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ कसरी पार्ने भनेर योजना बनाएर काम थालिने भनाइ राख्नुभयो । उहाँले एक वर्ष अन्तरघाती नगर्न र एकअर्काको कुरा नकाट्नसमेत नेता, कार्यकतालाई आग्रह गर्नुभयो । उहाँले नेता तथा कार्यकर्तालाई यस वर्षभर सबै बुद्धि, विवेक र शक्ति प्रयोग गरेर कम्युनिष्ट आन्दोलनलाई मजबुत, सुदृढ र शुद्धीकरण गरिने बताउनुभयो ।

कार्यक्रममा महासचिव शङ्कर पोखरेलले हिरक वर्षमा पार्टी गतिविधि प्राथमिकतामा राख्दै उत्सवको रूपमा मनाइनेसमेत बताउनुभयो । उहाँले एमालेलाई षड्यन्त्र गरे पनि जनताको रोजाइको पहिलो पार्टी भएको बताउनुभयो । सोही कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता मुकुन्द न्यौपाने प्रवेश गर्नुभयो । अध्यक्ष ओलीले नेता न्यौपानेसहित केही एकीकृत समाजवादी परित्याग गरेका नेतालाई प्रवेश गराउनुभएको हो । न्यौपानेसहित एकीकत समाजवादीका नेता चुडामणि जङ्गली, मुना बानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वरदयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ प्रवेश गर्नुभयो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार २२:३३