२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अनेमसंघ क्रान्तिकारीको अध्यक्षमा सुनिता गौतम

९ वैशाख, काठमाडाैँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बागमती प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्ष पदमा रामेछापकी सुनिता गौतम सर्वसम्मत चयन भएकी छिन । अधिवेशनले ९ जना पदाधिकारी र १७५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको माओवादीले जनाएको छ ।

सम्मेलनबाट उपाध्यक्षमा नुवाकोटकी कल्पना रिमाल, सिन्धुलीको दिपा बोहोरा र मकवानपुरकी लक्ष्मी माझी रहेका छन । त्यस्तै सचिवमा काठमाडौँकी अनिता कार्की ढोली, सहसचिवमा धादिङकी दीपा कडेँल, चितवनकी  अम्बिका लामिछाने र सिन्धुपाल्चोकको अम्बिका नेपाल रहेकी छिन । त्यस्तै कोषाध्यक्षमा काभ्रेकी सृजना थिङ्ग लगायत रहेका छन । सदस्यमा नुवाकोटकी रूपा अर्यालसहित कुल १७५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार २२:२९