२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

कांग्रेस नेता एवं पूर्व सांसद प्रेम तामाङ एमालेमा समाहित, कति समय टिक्लान ?

९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद प्रेम तामाङ नेकपा एमालेमा समाहित भएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको एक विशेष कार्यक्रममा एमाले प्रवेश गरे ।

नेपाली कांग्रेस प्रवेश गर्न कांग्रेस सभापतिसहित शीर्ष सात नेतालाई रसुवा बोलाएर अन्तिम समयमा भागेका लामा शनिबार भने एमाले प्रवेशका लागि आफैँ एमाले मुख्यालय पुगेका थिए । उनी कांग्रेस बन्नुअघि जनता समाजवादी पार्टी त्यसअघि नयाँ शक्ति र त्यसभन्दा पनि अघि नेकपा माओवादी केन्द्रमा रहेका थिए ।

यो पनि पढ्नुहोस्

उनी २०६४ को संविधानसभा निर्वाचनमा रसुवाबाट माओवादी प्रतिनिधिको रूपमा विजयी भएका थिए । त्यसपछि उनी २०७४ सालमा तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट रसुवा क्षेत्र नम्बर १ ‘ख’ बाट बागमती प्रदेशसभामा विजयी भएका थिए ।

उनी एमाले रसुवाका सचिव जनार्दन ढकालको मध्यस्ततामा एमाले प्रवेश गरेका हुन । नेपाली कांग्रेसमा प्रवेश गरे पनि टिकट नपाएपछि उनी पार्टी छाड्ने मनस्थितिमा पुगेका थिए । लामो छलफलपछि प्रेमले एमाले रोज्ने निर्णय गरेका हुन । रसुवामा माओवादी र एकीकृत समाजवादी नेता कार्यकर्ता प्राय सबै एमालेमा प्रवेश गरेका छन । प्रेम अहिले एमाले प्रवेश गरेको भए पनि चुनावसम्म एमालेमै टिक्छन कि टिक्दैनन भन्नेमा एमालेकै नेताहरूले शंका व्यक्त गरेका छन । यद्यपी उनलाई उधारो टिकटमा सहमति गरिएको पनि कतिपय नेताले बताएका छन ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार २१:५०