८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

सबैभन्दा कम खेलमा १०० विकेट लिने दुर्लभ कीर्तिमानी सन्दीप लामिछानेको नाममा

८ वैशाख, काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा कम खेलमा सय विकेट लिने दुर्लभ कीर्तिमान कोरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत ओमानविरुद्धको खेलमा सन्दीपले यो कीर्तिमान कोरेका हुन् । यस अघि यो कीर्तिमान अफगानी क्रिकेटर रसिद खानको नाममा थियो । सन्दीपले ४२ खेलमा १०० विकेट लिँदै नयाँ कीर्तिमान आफ्नो पक्षमा पारेका हुन् । यसअघि यो कीर्तिमान आफ्नो नाममा राखेका अफगानिस्तानका रसिद खानले ४४ खेलमा सय विकेट लिएका थिए ।

यस्तै अष्ट्रेलियाका नेदरल्यान्ड्सविरूद्धको खेलमा एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका सन्दीपले हालसम्मको उत्कृष्ट प्रदर्शन भने आइसिसी विश्वकप लिग–२ मा २०२० फ्रेब्रुअरी १२ मा कीर्तिपुर मैदानमा गरेका थिए । उनले त्यसबेला सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १५:०२