तपाईंकाे खातामा आयो त एक बैंककाे ११ प्रतिशत लाभांश ? नआए यसाे गर्नुहाेस्
८ वैशाख, काठमाडाैं । कृषि विकास बैंकले सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । चैत १४ गते सम्पन्न बैंककाे १६ औँ वार्षिक साधारण सभाले पारित गरेकाे ११ प्रतिशत नगद लाभांश साेही दिनदेखि सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ ।
हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराएसँगै सोही बैंक खातामा उक्त लाभांश जम्मा गरीने बैंकले जनाएकाे छ । उक्त नगद लाभांश खातामा नआएमा सेयरधनीहरुको विवरण सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै, सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाएपछि उक्त लाभांश पाउनेछन् ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११:१५












