भर्ने हाेइन त ? सर्वसाधारणका लागि आजबाट १२ लाख ६९ हजार कित्ता आईपीओ बिक्री खुला
८ वैशाख, काठमाडाैं । माई खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख ८ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो।
कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न गरेको छ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले साे आईपीओमामा छिटोमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्नेछन र उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा वैशाख २४ गतेसम्म लम्बिनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १०:२४












