अन्तिम काराेबारकाे दिन पनि घट्याे सेयर बजार, दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि
७ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७३ अकंले घटेर १९०४.४० बिन्दुमा बन्द भएको छ । आज २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच हुदाँ ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबार भएका ३३ कम्पनीको सेयरमूल्य बढेको छ भने १७८ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको हाे । आज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनी र मोलुङ हाइड्रोपावरको सेयरमूल्यमा उच्च वृद्धि भएको हाे । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १५:२०












