यी हुन् बिहिबार सर्वाधिक कारोबार हुने कम्पनी
७ वैशाख, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७३ अकंले घटेर १९०४.४० बिन्दुमा बन्द भएको छ । आज २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच हुदाँ ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको कारोबार भएको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ५ करोड ७५ लाख रुपैयाँमाथिको कारोबार भएको हाे ।त्यस्तै, कुमारी बैंकको ३ करोड ७५ लाख, एशियन लाइफ इन्स्योरेन्सको ३ करोड ३३ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३ करोड ३३ लाख र एभरेष्ट बैंकको २ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १५:१३












