हरियाली छाएकाे बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार
६ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा हरियाली छाएकाे छ । लगातार गिरावट आएको नेप्से परिसूचक आज भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.१३ अकंले बढेर १९२०.१२८ बिन्दुमा बन्द भएको छ ।
आज जम्मा ८७ करोड २१ लाख रुपैयाँ बढीकाे कारोबार भएको छ । आज स्वाबलम्बन लघुवित्तको प्रोमोटर सेयर सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ८ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नबिल बैंकको ३ करोड ६६ लाख, एनआइसी एशिया बैंकको ३ करोड १८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १७ लाख र निफ्राको २ करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:११












