२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

अख्तियार राजनीतिक प्रभावमा पर्दा गलत गर्नेले उन्मुक्ति पाएः सांसद सिंह

६ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक प्रभावमा परेको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले अख्तियारका पदाधिकारीहरुले पद जान्छ कि भन्ने त्रास राखेर काम गर्न नहुने बताए ।

उनले अख्तियारबाट आशलाग्दो कामको अपेक्षा गर्नु बेकार भएको पनि प्रष्ट पारे । सिंहले भने ‘ अख्तियारले पनि राजनीतिक प्रभावबाट डराएर पद जान्छकी भनेर र महाअभियोग पो लाग्छकी भनेर खुट्टा कमाउनु भएन् । हिजोको सरकारले ७ दिनलाई विदेशी कम्पनीलाई दियो । तर अहिले यो सरकारले त्यसलाई रद्द गरेर अर्को कोसिसमा लाग्यो । यदि हिजोको सरकारले गलत गरिरहेको छ भने कारवाही गर्नुपर्छ नाङगेझार पार्नुपर्छ । ’

नेपालको नीतिनियम र जनताको हित विपरित काम गर्नेलाई कारवाही हुनुपर्ने उनको भनाइ छ । सांसद सिंहले ठूला राजनीतिक दलका नेताहरुदेखि लिएर जसजसले गलत कार्यहरु गरेका छन् ती सबैलाई नाङ्गेझार पार्नु पर्ने पनि बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:०५