५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बढ्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

६ वैशाख, काठमाडाैं । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सयले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य स्थिर रहदै छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ । मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ११:२४