५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आज कुन देशकाे कति छ विदेशी मुद्राको विनिमय दर ?

६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधवारका लागि अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३२ पैसा, कतारी रियालको एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८६ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २६ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०९:५९