२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितकाे मृत्यु


५ वैशाख, काठमाडौं । कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा काराेना संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।

कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १६:४६