२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

५० बर्ष पुराना संरचना बारे भारतसंग कुरा उठाउन ढिला नगर्न विनोद चौधरीको आग्रह

५ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य विनोद चौधरीले नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना पुन र्निर्माण नहुँदा हजारौं परिवार समस्यामा परेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुन र्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुवानमा पर्ने गरेको बताए ।

उनले भने ‘सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा हजारौं परिवार र हजारौं विघा खेत डुबानमा परेको छ ।अर्वौको नाश हुन्छ । ’

भारत र नेपालका ५० वर्ष पुराना जीर्ण संरचनाहरुको पुन निर्माण गर्ने बारेमा पनि सोच्ने बेला भएको सांसद चौधरीको भनाइ थियो ।
उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस । ’

सांसद चौधरीले सीमा क्षेत्रको समस्यालाई तत्काल सम्बोधन गर्ने गरे यसले दीर्घकालीन समस्या नल्याउने धारण पनि राखे ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १६:३१