एडिलेडमा एक्सपट शैक्षिक मेला हुदै
एडिलेड । एक्सपट एजुकेशन एण्ड भिषा सर्भिसेजको आयोजनामा अप्रिल २१ शुक्रवार एडिलेडमा शैक्षिक मेला हुने भएको छ ।
`एक्सपट एजुकेशन एण्ड माईग्रेसन फेयर २०२३´ नाम दिइएको मेलामा ३७ वटा विश्वविद्यालय तथा कलेजहरुको उपस्थिति रहनेएक्सपट एजुकेशन एण्ड माइग्रेसन एडिलेडका निर्देशक रुपक वर्तौलाले बताएका छन् । मेलामा विद्यार्थीहरुलाई कलेजविश्वविद्यालयहरुका शिक्षाका विषयमा विभिन्न छलफल सहित प्रवासी जिवनका लागि उपयोगी हुने थप चार विषयमा पनि वर्कसपहुने भएको छ । जसमा अष्ट्रेलियामा रोजगारीका लागि मुख्य द्वारको रुपमा रहेको रेजुमी लेखनका लागि स्टडी एडिलेडका विज्ञहरुलेएक घण्टाको वर्कसप संचालन गर्ने भएका छन् । त्यसै गरि स्नातक वा एक वर्ष भन्दा कममा स्नातक गर्दै गरेकाहरुका लागि जागिरकसरी पाउने र व्यवसायीक नेटवर्क कसरी वनाउने भनेर SEEK.com का प्रतिनिधीहरु उपस्थितिमा कार्यशाला हुने भएको छ ।
यसै गरि एडिलेड नेप्लिज क्रिकेट एशोशियसन र सर्फर क्लब सहित सहभागितामा पछिल्लो समय देखिएको समुन्द्रि किनारामा हुनेदुर्घटना नियन्त्रणका लागि वर्कसप हुने भएको छ ।
मेलामा अर्को महत्वपुर्णको रुपमा पछिल्लो समय खास गरि विद्यार्थीहरुमा विविध कारणले देखिने मानसिक प्रेसरहरुका विषयलाईजोडेर मानसिक स्वास्थ्य केन्द्रित वर्कसप समेत हुने निर्देशक वर्तौलाले बताए ।
स्थानिय चान्सलर होटलका विभिन्न सभा हलहरुमा आयोजना हुने कार्यक्रमका वर्कसप सेसनहरुमा ३० जनाको क्षमता रहेकाले समयमैसिट सुरक्षित गर्न समेत वर्तौलाले अनुरोध गरेका छन् ।
दैनिकी संग थप कुरा गर्दै निर्देशक वर्तौलाले एक्सपट विद्यार्थी र कलेज विचमा पुल मात्र नभएर प्रवासी जिवनका विविध क्षेत्रमा संभवहुदा सम्म सहयोग बन्ने उद्देश्यले पनि मेला आयोजना गरिएको बताए । उनले मेलमा विश्वविद्यालय तथा कलेज संगको प्रत्यक्ष छलफलसंगै नि शुल्क रुपमा माईग्रेसन एजेन्टहरु संग छलफल गर्ने अवसर सबैलाई उपलब्ध गराउने र संगै वर्कसपहरु मार्फत अष्ट्रेलियाकोजिवनमा जिवन उपयोगी ज्ञानका वारेमा पनि छलफल गर्ने वताए । उनले अष्ट्रेलियामा पढ्ने मुख्य कुरा भए पनि त्यसका सहयोगीकामहरुका वारेमा पनि विद्यार्थीहरुलाई सहयोग गर्न चाहेको बताए ।
निर्देशक वर्तौलाले नि:शुल्क कार्यक्रममा सम्मिलित भई आफ्नो क्यारियर र माइग्रेसनको बारेमा फाइदाजनक ज्ञानले लिएर जान सबैलाईअनुरोध गरेका छन् ।
सहभागीहरुले लक्कि ड्र मार्फत प्लेस्टेशन फाइभ, क्यामेरा, एयरपट सहित विभिन्न उपहार समेत जित्न सक्ने एक्सपटले जनाएको छ ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १५:४८












