२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पीडितमाथिको लाठी प्रहारबारे प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्छः सांसद सुवाल

५ वैशाख, काठमाडौं । नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवालले मिटरव्याज पीडित र लघुवित्त ऋण पीडित जनतामाथि भएको लाठी प्रहारको घट्नाले संविधानले प्रत्याभूत गरेको हकको उल्लङ्घन भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले लाठीप्रहार बारे प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने भन्दै मिटरव्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्न जरुरी भएको बताए ।

उनले भने, मिटरव्याज पीडित र लघुवित्त ऋण पीडित जनतामाथि लाठीप्रहार र दमन गरेको संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको उल्लङ्घन हो । यो लाठीप्रहार बारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसदमा स्पष्ट गर्न लगाउनु आवश्यक छ । मिटरव्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्न जरुरी छ ।

सांसद सुवालले नेपाली युवालाई भाडाको सिपाही बनाउने र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने १९५० को सन्धि लगाएर देशघाती कोशी, गण्डकी महाकाली, माथिल्लो कर्णाली खारेज गराउन पनि सरकारको ध्यानाकर्षण गराए । उनले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिने विषयमा छलफल गर्न प्रधानमन्त्रीले आँट किन नगरेको भन्दै प्रश्न पनि गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १४:४०