८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

मलेसियाले नेपाललाई दियो २३६ रनको लक्ष्य

५ वैशाख, काठमाडौं । नेपाललाई उस्कै मैदानमा सम्मान जनक चुनौती दिदै पाहुना टोली मलेसियाले एसीसी प्रिमियर कप क्रिकेट पहिलो खेलमा नेपाललाई २ सय ३६ रनको लक्ष्य पेश गरेको छ । पछिल्लो ५ खेलमा हराउन नसकेको नेपालविरुद्ध उस्का दुई खेलाडीले गरेको शतकीय साझेदारीको सहयोगमा मलेसियाले नेपाललाई सम्मानजनक चुनौती पेश गरेको हो ।

मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेपछि पहिलो व्याटिङको जिम्मा लिएको मलेसियालै ९ विकेटको क्षतिमा २ सय ३५ रन बनायो । जस्मा कप्तान अहमद फैज र विरनदीप सिंहले शतकीय साझेदारीको योगदान गरेका थिए । कप्तान फैजले ९५ बलको सामना गरेर ८ चौका र १ छक्काको सहयोगमा आफ्नो टोलीका लागि ७६ रनको योगदान गरे ।

विरनदीप सिंह दोस्रो विकेटका लागि फैजले १ सय १६ रनको साझेदारी गर्दा मलेसिया सम्मानजनक अवस्थामा उभिएको हो । ९४ बल खेल्दै २ चौकाको सहयोगमा वीरनदीपले ४६ रन जोडे । मोहम्मद अमिरलाई १८ रन, विजय युनी १२, सैयद अजिज १३,खिजार हायत २२ रनमा आउट भए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए ।

सोमपालले ८ ओभरमा ३२ र दिएर ३ विकेट हात पार्दा सन्दीपले भने १० ओभर खेलेर ४७ रन खर्चेका थिए । ललित राजवंशीले १० ओभर खेलेर ३४ रन दिदैं २ विकेट लिदा गुलसन झाले ५ ओभर खेलेर १ मेडनसहित ३३ रन दिएर १ विकेट लिए । पाकिस्तानमा आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि यो प्रतियोगितालाई छनोटको आधार मानिएको छ । मलेसियाले नेपाललाई पछिल्लो ५ खेलमा हराउन सकेको छैन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १३:०७