५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

५ वैशाख, काठमाडाैं । साताकाे तेसाे काराेबारकाे दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा काराेबार भएकाे छ ।

सोमबार पनि सुनको मूल्य स्थिर रहँदै  छापावाल सुनकाे मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा काराेबार थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। साेमबार चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ११:४६