ईङवा हाइड्रोको आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा
५ वैशाख, काठमाडौं । ईङवा हाइड्रोपावरकाे आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे आईपीओ बैशाख ४ गते बाँडफाँड गरेको बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्गले जनाएकाे छ ।
कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुलाई बिक्री गरेको थियो । यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो ।
कम्पनीको आईपीओ रिजल्ट नेपाल एसबिआई बैंकिङ्गको वेवसाइट nsmbl.com.np, कम्पनीको वेवसाइट https://www.ingwahydropowerltd.com.np/ र सिडिएस एण्ड क्लियरिङ्गले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १०:४८












