एसिसी प्रिमियर कपः नेपालले लियाे पहिलो विकेट
५ वैशाख, काठमाडौं । मलेसियाविरुद्ध बलिङमा उत्रिएको नेपालले पहिलो विकेट लिएको छ । नेपाली क्रिकेट टिमका गुलशन झाले पहिलो विकेट लिएका हुन् ।
एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्ध नेपालको बलिङ कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी छ । मलेसिया क्रिकेट टोलीका अमिर हाजिम १८ बल खेल्दै ३ चौकाको मद्दतमा १७ रन बनाएर आउट भएका छन् । मलेसियाको क्रिजमा विरन्दीपसिंह र कप्तान अमद अफिज छन् ।
टस जितेर मलेसियाले ब्याटिङको निर्णय लिएपछि नेपालको ब्याटिङ जारी छ । खेलमा ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी र करण केसीलाई बेच्नमा राखिएको छ । नेपालले कप जिते भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । खेल हेर्न बिहानैबाट रंगशालामा समर्थकको भीड लागेको छ । पहिलो खेलमा नेपालले मलेसियासँग खेल्नेछ ।
दोस्रो खेल ओमानसँग खेल्नेछ । दोस्रो खेल पनि त्रिवि क्रिकेट रंगशालामै ८ बैशाखमा हुनेछ । त्यस्तै, तेस्रो खेल ११ बैशाखमा हुनेछ । उक्त खेल मुलपानीस्थित क्रिकेट रंगशालामा हुनेछ । नेपालले तेस्रो खेल साउदी अरेबियासँग खेल्नेछ । १४ बैशाखमा हुने अन्तिम खेल नेपालले कतारसँग खेल्नेछ । बिजयी टिम एसिया कपमा छनोट हुनेछ ।
खेलको समुह ‘ए’मा नेपालसहित ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समुह ‘बी’मा युएई, कुवेत, हङकङ, सिंगापुर र बहराइन रहेका छन् । ५ बैशाखदेखि १८ बैशाखसम्म चल्ने खेलमा १६ बैशाखमा सेमिफाइन र १८ बैशाखमा फाइनल हुनेछ ।
नेपालको प्लेइङ ११ः कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने ।
मलेसियाको प्लेइङ ११ः अहमद फाइज, वीरनदीप सिह, सइद अजिज, विजय उन्नी, वाफिक इफ्रान, फित्री साम, अमिर अजिम, सेजरुल इजात, स्याहादाद राम्ली, रिजवान हैदर र खिजार हायत ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १०:०९