मेन्छियाम हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ?
५ वैशाख, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले हिजाे वैशाख ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा पहिलाे दिनमा नै मागभन्दा बढी आवेदन परेकाे हाे । सीडीएससीका अनुसार आइतबार साँझसम्म कम्पनीकाे आईपीओमा २ लाख ८२ हजार ६७३ आवेदकबाट ३१ लाख ६१ हजार ८३० कित्ता सेयरका लागि आवेदन परेकाे छ । जुन मागभन्दा ३.३८ गुणाले बढी हो।
कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५% अर्थात् ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओको निष्कासन वैशाख ७ गते बैंकिङ समयपछि बन्द गरिनेछ।
यसमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०९:३९












