छुट्ला है ! सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
५ वैशाख, काठमाडाैं । सिटी होटल लिमिटेडकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले चैत्र २१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेकाे आईपीओ भर्ने आज वैशाख ५ गते अन्तिमहाे। कम्पनील जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपियाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपियाँ बराबरको १६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो ।
कूल निष्काशन मध्ये १ लाख ६७ हजार ४ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ६६ हजार ९ सय ६० कित्ता कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल मार्केट रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ०९:१७












