२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

राष्ट्रिय गौरवको आयोजनामा सरकारको ध्यान गएनः सांसद देवकोटा

४ वैशाख, काठमाडौंँ । राष्ट्रिय सभा सांसद अनिता देवकोटाले राष्ट्रिय गौरबको आयोजनामा सरकारले ध्यान नदिएको टिप्पणी गरेकी छिन् । सोमबार राष्ट्रिय सभा बैठकमा सांसद देवकोटाले सरकारले राष्ट्रिय गौरबको आयोजनामा चासो नदिएकाले समयमा काम हुन नसकेको बताइन् ।

सडक, सिंचाई, खानेपानी, पर्यटन र वन क्षेत्रसँग सम्बन्धित आयोजनामा सरकार गम्भिर नभएको उनको तर्क छ । उनले भनिन् ‘सडक, सिंचाई, खानेपानी, पर्यटन र वन क्षेत्रसँग सम्बन्धित जस्ता कामगर्न सकिदैन भने राष्ट्रिय गौरवका नामाकरण नगरौँ राष्ट्रिय गौरवका आयोजनालाई नछेक्ने गरी नीतिगत रुपमा निर्णय गरेर छिटो छरितो रुपमा सम्पनगर्न काममा सबैको ध्यान जान आवश्यक छ ।’

सरकार आयोजना शिलान्यासको ध्याउन्नमा मात्रै लागेको उनको आरोप छ । ‘त्यतातर्फ सरकारको ध्यान नगएको मलाई लाग्छ । राष्ट्रिय गौरवको आयोजना भनेकै आफु आयो सरकार आयो राष्ट्रिय गौरवको नामाकरण गरियो राष्ट्रिय गौरवका आयोजना शिलान्यास भयो भन्ने मात्र भयो । ’

तहगत संरचनाबीच समेत राम्रो सहकार्य हुन नसेको उनको ठहर छ । उनले भनिन् ‘आयोजनालाई मन्त्रालय अन्तर्गत समाधान गर्न नसक्नु लाजमर्दो कुरा हो । समन्वय, सहकार्य र अस्तित्वको कुरा गछौ । संविधानमा लिपिबद्ध छौ मन्त्रालयअन्र्तगत सम्वन्ध सुधार्न सक्दैनौ।’

‘अहिले तहगत संरचनाको कुरा गर्दा स्थानीयतह,प्रदेश र संघ छ ।’ उनले भनिन् ‘संघले प्रदेशको अधिकार मिच्यौ भन्ने प्रदेशले स्थानीयतहको अधिकार मिच्यौ भन्ने एकले अर्कालाई अत्यन्त संकीर्ण रुपले हेरिरहेको अवस्था छ ।’

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १६:०१