१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रवि लामिछानेको चालकको हत्या प्रयासको आशंका ! महासचिव ढकालका चालक प्रहरी नियन्त्रणमा

४ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले चुनावका लागि चितवनमा किनेको घरको छतबाट गाडी चालक खसेको घटनाको अनुसन्धानमा प्रहरीले सो पार्टीका महासचिव मुकुल ढकालका सवारी चालक पक्राउ परेका छन । छतबाट खसेका चालक दिल बहादुर थापाको स्वास्थ्य अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन ।

ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले हत्या प्रयास हो या अात्महत्याको प्रयास हो भन्ने पत्ता लगाउनका लागि राजवंशीलाई नियन्त्रणमा लिएको जनाएको छ । घरको तेस्रो तलाबाट खसेर गम्भिर घाइते भएका थापाको अहिले पुरानो मेडिकल कलेजका उपचार भइरहेको छ ।

गत मंसिरमा चुनाव अघि लामिछानेले भरतपुर महानगरपालिका–११ मा घर किनेका थिए । चालक थापा सोही घरको छतबाट आज बिहान करिब ४ बजेको समयमा खसेका थिए । सिन्धुपाल्चोक बाह्रबिसने नगरपालिका–३ स्थायी घर भएका ३९ वर्षिय शम्भु भनिने थापाको खुट्टा र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले उनको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले आत्महत्या प्रयास हो वा अरु कुनै कारणले घटना भएको हो भन्नेबारेमा अनुसन्धान गरिरहेको बताएका छन । थापाको हत्या प्रयास भएको आशंकामा प्रहरीले विशेष टोली परिचालन गरेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १४:१९