२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्त गर्ने तीन दलको सहमति

४ वैशाख, काठमाडौं । प्रमुख तीन दलबीच प्रधानन्यायधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ । सोमवार बालकोटमा बसेको बैठकमा प्रधानन्यायधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने,‘प्रधानमन्त्रीले संवैधानीक परिषद्को बैठक डाक्ने र प्रधानन्यायधीशको बारेमा निर्णय गरेर अगडी बढ्ने प्रस्ताव राख्नु भयो त्यसमातीनदलबीच सहमतीभएको छ।’

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीबीच प्रधानन्यायधीशसिफारिस गर्ने सहमति भएको हो । टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमापनि नेतृत्वबीच सहमति जुटेको उनको भनाई छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १३:४०