८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

४ अर्ब ७० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आजै

४ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज  वैशाख ४ गते सोमबार २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।केन्द्रीय बैंकले भोलि वैशाख ५ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल बिक्री जारी गर्न लागेकाे हाे । याे ट्रेजरी बिल २०८० जेठ २ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँकाे ट्रेजरी बिल जारी गर्न लागेकाे हाे । याे ट्रेजरी बिल साउन २ गते परिपक्क हुनेछ । साथै, बेंकले १८२ दिनका लागि ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्न लागेकाे हाे । याे ट्रेजरी बिल असोज ३० गते परिपक्क हुनेछ । साथै, बैंकले ३६४ दिनका लागि ७ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे हाे। याे ट्रेजरी बिल २०८१ वैशाख ४ गते परिपक्व हुनेछ।

याे ट्रेजरी बिल भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार १०:५१