२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

टी–२० एसिया छनाेट क्रिकेटः नेपालद्धारा चीन १० विकेटको फराकिलो अन्तरले पराजित

२४ असाेज, काठमाडौँ । टी–२० एसिया छनाेट क्रिकेटमा नेपालद्धारा चीन १० विकेटको फराकिलो अन्तरले पराजित भएकाे छ । सन् २०२० मा अस्ट्रेलियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हाे । चीनले दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विनाविकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ८ बलमा नटआउट २४ रन जोडे। उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरी ३ बल खेलेर ४ रनमा नटआउट रहे।

प्रतियोगितामा नेपालसहित सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। नेपाल र सिंगापुरले दोस्रो चरणमा स्थान पक्का गर्दा अब बाँकी एक स्थानका लागि मलेसिया र थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। मलेसिया र थाइल्यान्ड दुवैले ५–५ खेल खेलेर ५–५ अंक नै जोडेका छन् । मलेसियाले चीनसँग र थाइल्यान्डले म्यानमारसँग खेल्न बाँकी छ। कमजोर प्रदर्शन गरेका चीन, भुटान र म्यानमार भने पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट भएका नेपाल, सिंगापुर र १ टिम (थाइल्यान्ड वा मलेसिया) बीच प्रतिस्पर्धा हुनेछ। ६ टिम बीचको दोस्रो चरणको प्रतिस्पर्धाबाट २ टिम अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुने र तीमध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । नेपालले अब शुक्रबार सिंगापुरसँग खेल्नेछ। नेपालका लागि सिंगापुरविरुद्धको खेल उपाधि भिडन्त जस्तै हुनेछ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार ०९:४९