७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

भूगोल इनर्जिको आईपीओ बाँडफाँड: ३ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुहाेस् नतिजा

३ वैशाख, काठमाडाैं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेकाे आईपीओ आज वैशाख ३ गते बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलकाे कार्यालमा बाँडफाँड भएकाे हाे ।

क्यापिटलका अनुसार कम्पनीकाे आईपीओमा कुल १२ लाख ५४ हजार ६ आवेदन परेको थियो । ती मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र सदर भएको क्यापिटलले जनाएको छ । जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेका कारण कम्पनीकाे आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँड  गर्दा १ लाख ३४ हजार ६ सय ९९ जनाले सेयर पाएका छन् । यी मध्ये पनि भाग्यमानी ३ जनाले ११ कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १५:०३