२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आफ्नो असक्षमतालाई छोप्न प्रधानमन्त्रीले झुटो तर्क गरेः सांसद सुवाल

३ वैशाख, काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीले आफ्नो असक्षमतालाई छोप्न झुटो तर्क गरेको आरोप लगाएका छन् । आईतबार प्रतिनधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले चुनावबाट सरकार फेर्नुमात्र परिवर्तन नभएको प्रष्ट पारे ।

फोहोरबाट मोहोर बनाउने भन्दै धेरै देशका विज्ञ आएर प्रधानमन्त्रीलाई भेटे पनि परिणाम भने शून्य भएको पनि सांसद सुवालको कथन थियो । फोहोरबाट मोहोर बनाउने भनि धेरै देशका विज्ञ आएर प्रधानमन्त्रीलाई भेटे परिणाम शून्य भयो । चुनावबाट सरकर फेर्नुमात्र परिवर्तन हैन् । हिजो राजा थियो आज ३ / ४ पटक प्रधानमन्त्रीहरु निर्वाचित राजा जस्तै भए । आफ्नो असक्षमतालाई ढाकछोप गर्न प्रधानमन्त्री आफैंले संविधान सभाको घोषणालाई उल्ट्याउन कसैबाट कसरत भईरहेको झुटो तर्क गर्दै हुनुहुन्छ ।

सरकारले गर्नु पर्ने काम नगरेपछि काठमाडौंका मेयरले उचित कुरा उठाएको र सरकारले नगरपालिका घोषणा गर्नु अघि नै फोहोरमैला व्यवस्थापन, सडक जाम,प्रदूषण, खानेपानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरेको उनको भनाइ छ । नेमकिपा सांसद सुवालले दिनानुदिन बढ्दै गएको प्रदूषणले आमनागरिक बिभिन्न रोगको शिकार भएको बताए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १४:१५