७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

छुट्ला है ! सर्वसाधारणले १० हजार कित्तासम्म भर्न पाउने आईपीओ निष्काशन हुँदै

३ वैशाख, काठमाडाैं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले भोलि वैशाख ४ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्नेछ । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ।

त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि  छिटोमा वैशाख ७ गते र ढिलोमा वैशाख १९ गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्।  मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आईपीओ भर्न सकिन्छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १३:४७