५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

३ वैशाख, काठमाडाैं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

चैत ३० गते सुनको मूल्य स्थिर रहँदै छापावाल सुन १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ स्थिर रहेको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। चैत ३० गते पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ११:०६