२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

३ वैशाख, काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठक आज वैशाख ३ गते आइतवार दिउँसो १ बजे बस्ने तय भएको छ ।
बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग(तेस्रो संशोधन) बिधेयक ०७७ र ‘भ्रष्टचार निवारण(पहिलो संशोधन) बिधेयक ०७७ को सम्वन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक पेश हुने कार्यसुची रहेको छ ।

त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अर्को ‘सुरक्षण मुद्रण सम्वन्धी बिधेयक ०७७ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसबाहेक काँग्रेस नेता तेजमान तुम्वाहाम्फेको निधनप्रति शोक व्यक्त गर्न बैठकमा प्रस्ताव पेश हुनेछ । तुम्वाहाम्फेको गत २४ चैतमा ९७ वर्षको उमेरमा निधन भएको थियो । ०१५ को निर्वाचनमा उनी धनुकटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १०:०५