७ पुष २०८२, सोमबार | Tue Dec 23 2025

दोल्ती पावरको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

३ वैशाख, काठमाडाैं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज वैशाख ३ गते आइतबार अन्तिम दिन रहेकाे छ । कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम रहेको हाे ।

कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको छ। यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

सीडीएससीका अनुसार हिजो साँझसम्म कम्पनीकाे आईपीओमा १० लाख ७१ हजार ४९३ आवेदकबाट १ करोड १९ लाख ३० हजार ४७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.३८ गुणाले बढी हो।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ०९:४०