२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

निरन्तर उकालो लाग्दै कोरोना संक्रमितको संख्या, पछिल्लो २४ घण्टामा १३६ जनामा संक्रमण


१ वैशाख, काठमाडौं । कोरोना संक्रमितको संख्या निरन्तर उकालो लाग्ने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह अपडेट गरेको तथ्यांकमा पनि पछिल्लो २४ घण्टामा नेपालमा १ सय ३६ संक्रमित थपिएका छन् । १ सय ९७ को पीसीआर र १ हजार २ सय ९७ जनाको एन्टीजेन गरी कुल १ हजार ४ सय २४ जनाको परीक्षण गर्दा १ सय ३६ नयाँ संक्रमित थपिएका हुन् ।

पीसीआरबाट ३४ र एन्टीजेनबाट १ सय २ जनामा संक्रमण पाइएको थियो । योसंगै सक्रिय संक्रमितको संख्या ४ सय १ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६८ जना निको भएर घर फर्किएका छन् । उता छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या दिनानुदिन बढीरहेको छ । शुक्रबार सार्वजनिक गरिएको पछिल्लो तथ्यांकमा पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १ सय ९ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १६:४९