बीमा प्राधिकरणले गर्यो ३ इन्स्योरेन्स कम्पनीलाई कारबाही
३० चैत, काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले तीन बीमा कम्पनीहरुलाई कारबाही गरेको छ । प्राधिकरणले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालनामा ध्यान नदिएको भन्दै युनियन लाइफ, प्रभु लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो ।
बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलका अनुसार तीन वटै कम्पनीलाई २/२ लाख रुपैयाँका दरले जरिवाना गरिएको हो ।‘सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनको पालना नगरेका कारण कम्पनीहरुलाई नगद जरिवाना गरिएको हो,’ प्रवक्ता पौडेलले भने ।
प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १६:०९