९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

६ बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको कारबाही, कुनले कति तिरे जरिवाना ?

३० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरित गएको भन्दै वित्तीय संस्थालाई कारवाही गरेकाे हाे ।

राष्ट्र बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कर्जा निक्षेप अनुपात तोकिएको सीमामा कायम नगरेको भन्दै जरिवाना गरेको छ। राष्ट्र बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स र जानकी फाइनान्सलाई कारबाही गरेको हो। यी चार वटै विकास बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा धेरै हुँदा कारबाही गरेको हो। यी बैंकहरूलाइ

राष्ट्र बैंकका अनुसार कर्पोरट डेभलपमेन्ट बैंक, नारायणी विकास बैंक र सप्तकोशी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा माथि रहेको छ । त्यसैगरी नेपाल फाइनान्स र जानकी फाइनान्सले चालु आवको पहिलो त्रैमासम्म कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दामाथि पुर्याएको थियो ।

सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० लाख ५९ हजार ३ सय ३३ रुपैयाँ र दोस्रो त्रैमासमा २२ लाख ७७ हजार ३ सय २ रुपैयाँ गरी सबैभन्दा बढी जरीवाना तिरेको छ ।त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा १७ लाख ९३ हजार ६ सय ४७ र दोस्रो त्रैमासमा ३ लाख ३५ हजार ४ सय ७४ रुपैयाँ जरिवाना तिरेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको पहिलो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंकले ५ लाख ८ हजार २ सय र दोस्रो त्रैमसमा ३ लाख ४ हजार २ सय २९ रुपैयाँ जरिवाना तिरेको छ । सिन्धु विकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा मात्रै ८ लाख ८२ हजार एक सय २१ रुपैयाँ जरिवाना तिरेको छ । त्यसैगरी चालुआवको पहिलो त्रैमासमा नेपाल फाइनान्सले एक लाख ४९ हजार ३ सय ६३ र जानकी फाइनान्सले ८० हजार ९ सय ८५ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई बुझाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार १४:४०