२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

नेप्सेमा २ कम्पनीको आइपीओ सूचीकृत, कति छ ओपनिङ्ग रेञ्ज ?

२९ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । बुधबार नेप्सेमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ सूचीकृत भएको हो ।

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको १ करोड १२ लाख कित्ता र मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ८० लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो ।

नेप्सेले सगरमाथा जलविद्युत कम्पनीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ४१ देखि अधिकतम रु. ३३४ दशमलव २३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको सेयर बिहिवार देखि कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल ‘एसएमजेसी’ रहेको छ ।

त्यस्तै नेप्सेले मोलुङ्ग हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रू. ६० दशमलव ६२ देखि अधिकतम रु. १८१ दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर बिहिवार देखि कारोबारमा आउनेछ ।कम्पनीको स्टक सिम्बोल एमएचसिएल रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १५:३९